११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला पैदल यात्रुको मृत्यु

Logo
HeroNepal Tv प्रकाशित शुक्रबार, साउन ३२, २०८१

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका– २ की ५५ वर्षीया पार्वती चौधरीको मृत्यु भएको हो।

पैदल हिँडिरहेकी उनलाई कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भिर घाइते भएकी उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएको थियो। चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक  कैलारी गाउापालिका–७ का ४० वर्षीय हरी प्रसाद चौधरी पनि घाइते भएका छन्।उनको निसर्ग अस्पताल धनगढीमै उपचार भइरहेको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]