दैलेख। दैलेख जिल्ला ठाटीकांध गाउँपालिका वडा नं.३ गुराँसे चट्याङ लागेर बर्ष १४ कि रमा बुढा सामान्य घाइते भएकि छन।
हिजो राती १०:१५ राज बहादुर बुढा घरमा चट्याङ खस्दा राज बहादुर बुढा छोरी रमा बुढा सामान्य घाइते भएकी छन । परिवारसँग सँगै सुतिरहेको अवस्थामा चट्याङ खसेको हो। उक्त चट्याङ उनलाई भेटाउन पुग्यो अनि उनको दायाँ खुट्टामा चोट लागेको छ। घाइते उपचारका लागि डाक्टरलाई घरमा बोलाएर उपचार गर्यौ र आर्थिक क्षति नभएको अर्जुन बुढाले जानकारी दिनुभएको छ।