०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा कानका सुन लुछ्ने एकजना यरिचोकबाट पक्राउ

Logo
Janak Dc प्रकाशित सोमबार, साउन २८, २०८१

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँमा कानमा लगाएका सुन लुछ्दै चोर्ने एक जना पक्राउ परेका छन् । अभिभाववको उजूरीका आधारमा सुर्खेत प्रहरीले बालकालिकाहरुका कानमा लगाएका सुन लुछ्दै फरार हुने ति व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–१ बाँगेशीमल सुर्खेतका सञ्जय टमटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए । २१ वर्षीय टमटालाई प्रहरीको विशेष टोलीले यरिचोकबाट पक्राउ गरिएको छ।

ति व्यक्तिले वीरेन्द्रनगरका यरिचोक, फोरलेन सडक र भैरवस्थान लगायतका ठाउँमा खेलिरहेका र स्कुल जाँदै गरेका बालबालिकाको काममा लगाएको सुन लुछ्दै भाग्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा खुलेको छ ।

‘भर्खरै पक्राउ गरेर अनुसन्धान शुरु गरेका छौं, कति जना बालबालिकाको सुन चोरे भन्ने विस्तारै खुल्छ,’ प्रमुख खड्काले भने, ‘यो गिरोहमा अरुको पनि संलग्नता हुन सक्ने भएकाले खोजी कार्य जारी राखेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]