१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
×

नेपालगन्जका १४० किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन १५, २०८१

नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० डोजलाई नेपालगन्जको कन्या माविका बालिकालाई लगाइएको बताउनुभयो । उहाँले विद्यालयमै पुगेर कन्या माविमा अध्ययनरत १० देखि १४ वर्ष उमेरका १४० जना किशोरीलाई खोप लगाइएको बताउनुभयो ।

नेपालगन्ज ४ स्थित कन्या माविमा अधिकांश मुस्लिम र मधेशी समुदायका बालिकाहरू मात्र पढ्ने भएकोले सो विद्यालयलाई छनोट गरेर त्यहाँ खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । चालु आर्थिक वर्षमा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको थप खोप माग गरिएको जनाउँदै स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो वा तेस्रो चौमासिकमा खोप लगाइने बताउनुभयो ।

गत वर्ष नेपालगन्जमा करिब एक हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो र दोस्रो डोज लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पाठेघरको मुखको क्यान्सर मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्दछ । यसको सङ्क्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]