भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका पनि थिए। तर सर्जरी सफल भने भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ।
शाहरूखको दुइ्टै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट भने कुनै औपचारिक पुष्टि भएको छैन।
शाहरूखको पछिल्लो समय फिल्म ‘डंकी’ मा देखिएका थिए। हाल उनी आगामी फिल्म ‘किंग’ मा व्यस्त हुदै अएका छन्। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिनेछन्।