०३ बैशाख २०८२, बुधबार
16-04-2025 , Wed
×

कर्णाली सरकारका प्रवक्ता र मन्त्रालयका प्रवक्ताहरुबीच बैठक

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आषाढ १५, २०८१

सुर्खेत । कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले मन्त्रालयका प्रवक्ताहरुसँग बैठक गरेका छन्। कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएसँगै मन्त्री शाहले शुक्रबार ८ वटै मन्त्रालयका प्रवक्ताहरुसँग बैठक बसेका हुन्।

मन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेश सरकारले गरेका गतिबिधिहरुको प्रचारप्रसार, प्रवक्ताहरुबीचको समन्वय तथा सहकार्य लगायतका विषयमा छलफल भएका छन्।
यस्तै, उक्त बैठकमा मन्त्री शाहले मन्त्रिपरिषद् बाहेक प्रत्येक मन्त्रालयमा भएका मुख्यमुख्य निर्णयहरु प्रवक्ताहरुले आफुलाई जानकारी गराउनुपर्ने बताए।

साथै कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु मासिक रुपमा प्रकाशन गर्ने प्रवक्ताहरुबीचको बैठकले निर्णय गरेको छ।

प्रवक्ताहरुको बैठमा मन्त्री शाहले संघीयता व्यवस्थापछि जसरी प्रदेश सरकारले आफ्नो क्षेत्रमा विकास गर्नुपर्ने त्यो तरिकाले कामहरु नभएको बताए।

उनले भने, ‘संघीय व्यवस्था अनुसार प्रदेश सरकारको विकासले तिब्रता लिन नसके पनि सरकारले राम्रा कामहरु प्नि गरेको छ। तर, ती कामहरुको प्रचारप्रसार नहुँदा जनताहरु सुसुचित हुनबाट बचेका छन्। त्यसैले सरकारले गरेका कामहरु बाहिर ल्याउनमा सरकार तथा मन्त्रालयका प्रवक्ताहरुको भूमिका महत्वपूर्ण हुनजान्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।