१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
×

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ ०२, २०८१

काठमाडौं ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा प्रक्रिया अघि बढाएको छ ।

क्यानका सचिव पारस खड्काले सन्दीपले उच्च अदालतबाट सफाइ पाएको जानकारी आएको बताउँदै निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताए ।

‘उच्च अदालतले सन्दीपलाई सफाइ दिएको जानकारी पाइसकेका छौँ, अब उनको निलम्बन फुकुवाका लागि बोर्डमा कुरा हुँदैछ’, खड्काले खबरहबसँग भने, ‘निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने सम्भावना रहन्छ । हामी अदालतको फैसलाअनुसार आवश्यक निर्णय लिन्छौँ ।’

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै उनलाई आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो ।

२०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]

क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो। सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ […]

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]