११ बैशाख २०८२, बिहिबार
24-04-2025 , Thu
×

कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि , आर्मी र सशस्त्र प्रहरी लार्इ

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख २९, २०८१

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरीको पोल्टामा परेको छ ।

शनिबार वीरेन्द्रनगरमा भएको २१ किलोमिटरको हाफ म्याराथनमा पुरुषतर्फको उपाधि आर्मीका नरेन्द्र रावल जितेका छन् । उनले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जिते ।

पुरुषतर्फ एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत दोस्रो र एक घण्टा १३ मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सशस्त्र प्रहरीका श्रीकेश राई तेस्रो भए ।

 

यस्तै, महिलातर्फको २१ किलोमिटर दौडको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितिन् । भण्डारीले १ घण्टा २८ मिनेट १७ सेकेन्ड निर्धारित दूरी पार गरिन् ।

निर्धारित दूरी एक घण्टा ३२ मिनेट ४३ सेकेन्डमा पार गर्दै नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र एक घण्टा ३६ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भइन् ।

प्रतियोगितामा विजयी भएका पुरुष तथा महिला खेलाडीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले क्रमशः ५५ हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडलले सम्मान गरेका थिए ।

यस्तै, पाँच किलोमिटर छात्र दौडतर्फ प्रथम अजय विश्वकर्मा, द्वितीय नवराज बानियाँ तथा तृतीय रमेश बुढा र छात्रातर्फ प्रथम बिमला कार्की, दोस्रो पूर्णिमा बुढाथोकी र लक्ष्मी शाहीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । विजयी छात्र तथा छात्राहरूलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम भएका आठ वर्षीय बालकलाई प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा झन्डै एक हजार बढी धावकको सहभागिता रहेको थियो । कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग, केएल दुगड ग्रुरुपको ज्ञान खाद्यान्नको टाइटल स्पोन्सरमा रेस नेपालले प्रतियोगिता आयोजना गरेको थियो । म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको थियो ।

दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने तथा आसन्न १०औँ राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]