२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १२, २०८१

सुर्खेत । करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका  २८ बर्षीय विशाल केसी रहेका छन्।

बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो। चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।

अहिले उनको मुचुल्का उठाइने काम भइरहेको र‌ त्यसपछि पोस्टमार्टम गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाल गायक सचिन परियारको आज बिहान १० बजे नै निधन भएको खबर उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन केही हप्ता देखि बिरामी थिए।

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित […]

सुर्खेत ।   दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम […]