सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफल पछि मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो ।
जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरिएको छ ।
यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको हाे ।
यसअघि माओवादीलाई सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कँडेलले दिन नचाहेकाेले भागबण्डा मिलेकाे थिएन।