११ पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

आज २६२३औँ महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०९, २०८१

काठमाडौं । आज २६२३औँ महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो ।

राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ । १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् ।

मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ । शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८१ पुष ११ गते बिहिबार इ.सं. : 26th December 2024 (Thursday) सूर्योदय: बिहान ६:५४ बजे सूर्यास्त: बेलुका १७:१४ बजे तिथि : एकादशी २३:५१ सम्म, तत्पश्चात् द्वादशी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : स्वाती १८:०२ सम्म, तत्पश्चात् विशाखा योग : सुकर्मा २२:५३ सम्म, तत्पश्चात् धृति करण : बव १०:५१ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ पुष १० गते बुधबार इ.सं. : 25th December 2024 (Wednesday) सूर्योदय: बिहान ६:५४ बजे सूर्यास्त: बेलुका १७:१४ बजे तिथि : दशमी २१:४८ सम्म, तत्पश्चात् एकादशी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : चित्रा १५:३० सम्म, तत्पश्चात् स्वाती योग : अतिगण्ड २२:२७ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०८:४३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८१ पुष ९ गते मङ्गलबार इ.सं. : 24th December 2024 (Tuesday) सूर्योदय: बिहान ६:५३ बजे सूर्यास्त: बेलुका १७:१३ बजे तिथि : नवमी १९:३७ सम्म, तत्पश्चात् दशमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : हस्ता १२:५३ सम्म, तत्पश्चात् चित्रा योग : शोभन २१:५६ सम्म, तत्पश्चात् अतिगण्ड करण : गर १९:३७ सम्म, तत्पश्चात् […]