१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
×

एक पटक भर्ना भएका विद्यार्थीबाट पुनः भर्ना शुल्क लिन नपाइने ,लिए तत्काल कारवाही हुने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ । नगरपालिकामा भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि नगरपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।

शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को कक्षाहरुमा पुनः भर्ना शुल्क नलिन भन्दै नगरपालिकाले नियमावली विपरित जानेलाई कडा कारवाही गर्ने नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले चेतावनी दिएका छन् ।

नगरपलिकाले संस्थागत विद्यालयको भर्ना तथा शुल्क निर्धारण वर्गिकरणको लागि निर्देशिका बनाएर जाने प्रयास गरिरहेकोसमेत बताएको छ । भर्नाको नाममा यदि नियम भन्दा बाहिर रहेर रकम लिएको पाइएमा नियम अनुसार कारवाही गर्ने र रकम फिर्तासम्म गराउने नगरपालिकाको भनाई छ ।

नगरपालिकाले अनुमति लिएका कक्षाहरुमात्र अनिवार्य सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीको पोशाक तथा पुस्तक एवम् अन्य सामाग्रीहरु खरिद गर्न बाध्य नपार्ने, विद्यालय हाता र कक्षाकोठा सरसफाई तथा व्यवस्थापन गर्ने कार्यलाई बालमैत्री, सिकाइमैत्री र प्रविधिमैत्री बनाउने कार्यमा जोड दिन पनि आग्रह गरेको छ ।

बालविकासदेखि कक्षा १२ सम्म परिमार्जन गरिएको राष्ट्रिय पाठ्यक्रम र नगरपालिकाले विकास गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ र पाठ्यसामाग्रीको अनिवार्य रुपमा प्रयोग गर्न गराउन आग्रह गरेको छ ।

कर्णाली प्रदेशको राजधानीकाे वीरेन्द्रनगर नगरपालिका भित्र ९४ वटा संस्थागत र २३ वटा मन्टेश्वरी विद्यालयहरु रहेका छन् । शैक्षिक सत्र २०८१ को लागि आज (आईतबार) बाट दशैभर भर्ना अभियान सुरु गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

शिक्षक आन्दोलन क्रमशः जटिल र कतिपय सन्दर्भमा विचलित हुन थालेको देखिँदैछ । सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी देखिन÷सुनिन थालेका छन् । कतिपय शिक्षक साथीहरूका लागि विद्यालय शिक्षा विधेयक या आफ्ना पेशागत माग होइन, शिक्षामन्त्रीको राजीनामा या सरकार परिवर्तन मुख्य एजेण्डा लाग्न थालेको छ । आगोमा घिउ थप्न कसिनुभएको छ […]

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]

कलैया:=दक्षिण एशियाली देशहरूमा शान्ति र सहयोगमा पत्रकारहरूको भूमिका” विषयक भारतको जयपुर राजस्थानमा आयोजित दुई दिवसीय कार्यक्रममा सार्क पत्रकार मञ्च भारत च्याप्टरद्वारा बारा र पर्साका ४ जना पत्रकारहरु सम्मानित भएका छन् । ऐपेक्स विश्वविद्यालय सिप्रापथ मानसरोवर जयपुर राजस्थानमा आयोजित उक्त कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्डिया च्याप्टरले अन्तर्राष्ट्रिय पत्रकार पुरस्कार–२०२५’ बाट दक्षिण एसियाका विभिन्न देशका पत्रकारहरुलाई सम्मान […]