१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत (आइताबार) आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ।

बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए।
‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ ’, ‘उनले भने, जसले गर्दा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण नगराउने र बिरामी भएको बीमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन्।’

स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर बोर्डमा आबद्ध बीमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो। बोर्डले यसअघि माघ १ गतेदेखि सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो।

उनले सरकारी अस्पतालको सक्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए।

कार्यकारी निर्देशक डा‍‍. बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन। सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ।

बीमा कार्यक्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ र कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ र नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० जना रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा […]

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ । […]