काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित आज पारित गरेको छ ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्न सापकोटाले जानकारी दिनुभयाे।
बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सचिव दीनानाथ शर्माले जानकारी दिनुभयाे ।