काठमाण्डु- रौतहटमा ग्लोबल आईएमई बैंक कर्मचारीमाथि गोली प्रहार भएको छ । जिल्लाको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुट्न आएका लुटेराहरुले बैंकका कर्मचारीमाथि गोली प्रहार गरेका हुन् ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जना लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका थिए । लुटपाटका क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर उनीहरुले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार गोली साहको कान छेडेर बाहिर निस्केको छ ।
लुटपाट गर्न आएको तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ ।