एकताद्वारा वास्तविक बल प्राप्त हुन्छ । एकता आन्दोलनको सुरुवात पनि हो, एकता क्रान्ति, प्रगति र विकास हो । एकता विचार हो । एकता नयाँ भविष्य पनि हो । एकता भनेको असम्भव भएका कुराहरुलाई सम्भव बनाउने एउटा साधन पनि हो।
आजको यो परिवर्तन पनि जनताको एकताबाट नै पैदा भएको हो । त्यसैले आजको देश जनताको लागि आवश्यक अपरिहार्य भनेको नै नेपालका ठुला र साना कम्युनिस्ट दलहरु बिच एकता हुनु नै हो।
एकता बल हो, एकता संघर्ष हो, एकता समाज रुपान्तरण हो, एकता क्रान्तिको आधार हो । विश्वका सवै आन्दोलन, सँघर्ष र परिवर्तनहरु एकताबाट मात्र सम्भव भएका हुन् । एकता नभए शक्ति पैदा हुदैन ।
शक्ति नभए संसारमा कुनैपनि परिवर्तन सम्भव छैन । नेपालमा हालसम्म भएका सवै परिवर्तनहरु सवै जनताको एकताको तागतवाट मात्र सम्भव भएको हो । नेपालको जनयुद्ध पनि जनता, किसान, मजदुरहरु, व्यापारी वुद्धिजिवी, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, कानुन व्यवसायी र राष्ट्रवादी जनताहरुको एकताबाट मात्र सम्भव भएको हो ।
यदि जनताले साथ दिदैन थे भने नेपालबाट राजतन्त्र या सामन्ती व्यास्था अहिलेसम्म पनि खारेज हुने थिएन । त्यसैले हामी सवै कम्युनिस्टहरुले वुझ्नै पर्ने कुरा के हो ? भने हामीले हाम्रो एकता विना नेपालमा समाजवाद ल्याउने कल्पना नगरे पनि हुन्छ ।
त्यसैले हामी नेपालका सवै कम्युनिस्ट पार्टीहरु एक भएर ६५ प्रतिशत जनताको चाहना अनुसार नेपाली जनताको समाजवादमा जाने सपना पुरा गर्नुपर्छ ।
यदि कम्युनिस्ट पार्टी हो र समाजवाद ल्याउने चाहाना छ भने हाम्रा अरु सवै संकिर्णताहरु त्यागेर हामी कम्युनिस्टहरु जनताको समाजवादका लागि एक भएर लाग्नुको कुनै विकल्प छैन ।
हामी आफुलाई कम्युनिस्ट भन्छौ तर जनताको चाहाना अनुुसार हामी आफ्ना व्यवहारहरु मिलाउन सक्दैनौं भने हामी असल कम्युनिस्ट बन्न सक्दैनौं । यदी असल कम्युनिस्ट बन्न पनि सक्ने छैनौं । हामी सवै माओवादी र कम्युनिस्टहरु एक ठाउँमा आउन जरुरी छ ।
हाम्रा नमिलेका विषयहरु विस्तारै मिलाउदै जाउँला तर विश्वभरिबाट लोप हुन लागेको पूँजीवादी व्यवस्था, जनतालाई दमन गर्ने पुँजीवादी सत्ताको अन्त्यका लागि हामी युवा, जनता, व्यापारी उद्योगपती, समाजसेवी, वुद्धिजीवि, कलाकार, वकिल, सुरक्षाकर्मी, राष्ट्रवादी कर्मचारी र देशमा परिवर्तन चाहाने सम्पुर्ण राष्ट्रवादी जनसमुदायहरु र कम्युनिस्टहरु एक ढिक्का हुन जरुरी छ ।
कोही पनि निराुस हुनु पर्दैन । हामी निरास भएपछि,हामीले हाम्रो अधिकार गुमाउछौं,अवसर गुमाउछौं, जीवन, खेत, घर र राष्ट्र गुमाउँछौ । हामी उत्साहित भएर यो दुनियाँ परिवर्तन गर्न अघि बढौं । आसावाद जगायौं भने हामीले यो देशलाई विश्वकै नमुना देश बनाउन सक्नेछौं ।
नेपालका सवै सहिदहरुलाई र जनतालाई साँची राख्दै हामी एकपटक प्रण गरौं एक ढिक्का वनाँै हाम्रो एकता दुनियामा कसैले भाड्न सक्ने छैन । नेपालको समस्याको समाधान वैज्ञानिक समाजवाद हो ।
अहिलेको समस्या पुँजीवाद हो,यसको खारेज गरेर हामीले तीन करोड जनताको भबिस्यको लागि यो देशलाई संसारको आकर्षक देश वनाउने तागतराख्नु पर्दछ । त्यो तागत कम्युनिस्टसँग मात्र हुन्छ । त्यसका लागि सवै कम्युनिस्टबीच एकता चाहिन्छ ।
हामीसँग थुप्रै सम्भावनाहरु छन । वन, पानी, खानी, जमिन, फाँट, तराई, पहाड, हिमाल, जडिवुटी थुप्रै सम्भावना छन् ।
हामीसँग नभएको एउटै कुरा हो यहाँ देशको नेतृत्व गर्ने नेता छैन, सत्ता छैन, जनताको सरकार र सत्ता छैन सवै कम्युनिस्टहरु एक भएर व्यवस्था गर्यौ भने यो देशमा निकट भविश्यमै समाजवादी देश बनाउनेछौं र जनताको उज्ज्वल भविश्य निर्माण गर्नेछौं ।
त्यसका लागि अलगथलग भएर होइन । एकता एकता फेरि पनि एकता आवश्यक छ ।