०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

काठमाडौँ । नामिबियासमेत सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ

पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो।

शनिबार भएको सिरिजको पाँचौँ खेलमा पनि नेपालले जित निकाल्दै सिरिजको फाइनल यात्रा तय गरेको हो।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको थियो। नेपालले शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको थियो।

जितसँगै ४ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनमा पुगेको हो।

३ खेलबाट ४ अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ। ३ खेलमा २ अंक भएको नामिबिया २ अंकमा अंक तालिकाको तेस्रो स्थानमा छ।

सिरिजमा आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन्।

नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र गुसनल झाले ८६ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो।

रोहित ४६ रनमा क्याच आउट भए। ३४ बलमा ३ चौका र १ छक्का हानेका रोहित भिभियन किंग्माको बलमा क्याच आउट हुन पुगे।

गुलशन झा ३८ रन बनाउँदा आर्यन दत्तको बलमा बोल्ड आउट भए। गुलसनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरी ४ र कुशल मल्ल २ रनमा नटआउट रहे।

नेपालले तेस्रो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो। तेस्रो ओभरका तेस्रो बलमा भिभियन किंगमको बलमा ओपनर कुशल भुर्तेल १२ रन बनाउँदा क्याच आउट भए।

सोही ओभरको पाचौँ बलमा आशिफ शेख ८ रन बनाउँदा बोल्ड आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ३ बल अगावै १ सय २० रन बनाउँदा अलआउट भयो।

नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्न प्रतिश जिसीले तीन विकेट लिए। करण केसी र कुशल मल्लले समान २ विकेट लिए। दिपेन्द्र सिंह ऐरिको नाममा एक विकेट रह्यो।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाउडले बनाएको ३१ रन नै सर्वाधिक रह्यो।

दशौँ ओभरमा कुशल मल्लले दुई विकेट लिए। कुशलले दशौँ ओभरमो पाचौँ बलमा नोए क्रोसलाई ३ रनमा क्याच आउट गराए। लगत्तै अर्को बलमा आर्यन दत्तलाई शुन्य रनमा नै बोल्ड आउट गरे।

त्यसअघि प्रतिन जिसीले नवौँ ओभरमा दुई विकेट लिएका थिए। प्रतिशले नवौ ओभरको पहिलो बलमा कप्तान स्कट इवार्डलाई १८ रनमा बोल्ड आउट गरे।

सोही ओभरको पाँचौँ बलमा म्याक्स ओ डाउडलाई ३१ रनमा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए। उनले २४ बलमा ४ चौका र १ छक्का हाने।

प्रतिशले नै १५ औँ ओभरको तेस्रो बलमा तेजा निडामनुरुलाई ५ रनमा बोल्ड आउट गरे।

१८ औँ ओभरको चौथो बलमा दिपेन्द्र सिंह ऐरिले टिम भान डेर गुटेठनलाई २४ रनमा बनाउँदा सोमपाल कामीको हातबाट क्याच आउट गराए।

कायल केलिन शुन्य रनमा नै रन आउट भए। भिभियन कांग्मा ४ रन बनाउँदा रन आउट भए।

त्यसअघि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिए। करणले ओभरको चौथो बलमा ओपनर माइकल लेभिट ४ रनमा आउट गराएका थिए। करणले माइकललाई ४ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।

योसँगै दीपेन्द्र नेपालका लागि क्याच आउट गराउने खेलाडीको सूचीमा शीर्ष स्थानमा आएका छन्। टी–२० आईमा दीपेन्द्रले २४ औँ क्याच लिएका हुन्।

यसअघि कुशल भुर्तेलले २३ क्याच लिएका थिए। करणले पहिलो ओभरकै अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शुन्य रनमौ पेभेलियनको बाटो देखाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]