०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

नेपालीहरूकाे सहारा बन्दै प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसिया

Logo
HeroNepal-tv प्रकाशित सोमबार, फाल्गुण ०७, २०८०

क्वालालम्पुर :- नेकपा एमाले संबद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया समस्यमा परेका नेपाली पिडीत श्रमिकहरुको सहारा बन्दै आएको छ। विशेष गरि श्रम गर्न मलेसिया पुगेका नेपालीहरु कम्पनीको कारणबाट वा विभिन्न कारणले अवैधानिक बस्नु परिरहेको अवस्थामा मलेसियाको अध्यागमनबाट पक्राउ परि घर फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई राजदुतावासको समन्वयमा प्रवासी नेपाली मञ्चले एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ। त्यति मात्रै नभई मलेसियामा रहेर आपतकालीन रुपमा विभिन्न समस्य झेल्दै पिडीतहरुको लागि पनि आर्थिक सहयोग उपलब्ध गराई साहारा दिदै आएको छ।

त्यस्तै फेब्रुअरी १० र ११ मा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको भौतिक बैठक नेकपा एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा होटल ग्राण्ड कन्टिनेन्टलमा भब्यताका साथ सम्पन्न भएको छ ।

अन्तरास्ट्रिय कमिटीको भौतिक बैठक र राष्ट्रिय कमिटीको कार्यकर्ता प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रमका लागि विश्वभरिका प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरुको उपस्थिति रहने गरि भेला आयोजना गरिएको थियो । उक्त भेलामा प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटीको तर्फबाट अध्यक्ष दयाराम कुमालले मलेसियाका श्रमिक केन्द्रित न्युनतम आरएम ५१,००० बराबरको “पिडीत श्रमिक उद्दार कोष” स्थापना गर्ने घोषणा गरेको छ ।

त्यस्तै मलेसियामा समस्य झेल्दै आउनु भएको छ भने नेपाली राजदुतवास मलेसियाको समन्वयमा श्रमिक समस्य हल गराउन प्रवासी नेपाली मञ्च तयारी रहेको मञ्चका सचीव कृष्ण खड्का ले जानकारी गराए।

त्यस्तै प्रवासी नेपाली मञ्च मलेसियाले घोषणा गरे देखि अहिले सम्म विभिन्न समस्य झेल्दै आएका ४० भन्दा बढी लाई हवाई टिकट र विभिन्न समस्य परेका १ दर्जन भन्दा बढी लाई आर्थिक सहयोग पनि गरि सकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]