०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मले’सियाले,“माघी” शुभकामना कार्यक्रम आयोजना गर्ने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, पुष २८, २०८०

क्वालालम्पुर : थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मले’सियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुने नेपाली जनसमुदायको लागि थारु समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति को साथै थारु समुदायको प्रमुख परिकार घोङ्गी , बगिया , ढिकरी लगायत खानाको समेत ब्यवस्था गरिएको आयोजक संस्था थाकसका सभापति मनिराम चौधरीले बताए ।

माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी १४ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) मले’सियाको कार्यालय सभा हलमा आयोजना हुने तय भएको थाकस मलेसिया समितिका सभापति मनिराम चौधरीले बताए ।

साथै आईतवारको माघी शुभकामना आदानप्रदान कार्यक्रममा मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली जनसमुदाय उपस्थित हुन मिल्ने सभापति चौधरीले बताए ।

थाकस मलेसियामा सन् २०१६ मा स्थापित एक जातीय सामाजिक संस्था हुन् । थाकस मलेसियाले आफ्नो स्थापना कालदेखि नै मलेसियामा रहेका पीडित नेपाली संगै नेपालमा समेत सक्दो आर्थिक भौतिक सहयोग गर्दै आईरहेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ वैशाख ९ गते मङ्गलबार इ.सं. : 22th April 2025 (Tuesday) सूर्योदय: बिहान ०५:३५ बजे सूर्यास्त: बेलुका १८:३२ बजे तिथि : नवमी १३:१८ सम्म, तत्पश्चात् दशमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : श्रवण ०८:२१ सम्म, तत्पश्चात् धनिष्ठा योग : शुभ १७:१९ सम्म, तत्पश्चात् शुक्ल करण : गर १३:१८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ वैशाख ८ गते सोमबार इ.सं. : 21th April 2025 (Monday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : अष्टमी १४:०७ सम्म, तत्पश्चात् नवमी पक्ष : वैशाख कृष्णपक्ष नक्षत्र : उत्तरषाढा ०८:२३ सम्म, तत्पश्चात् श्रवण योग : साध्य १९:०९ सम्म, तत्पश्चात् शुभ करण : कौलव १४:०७ सम्म, तत्पश्चात् […]

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने […]