३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
×

खेलकुद

मलेसियाको मलाकामा आगामी जुन ७ र ८ मा सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुदै।

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

सुर्खेत । एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई हराउँदै दोस्रो जित हासिल गरेको छ ।शनिबार भएको रोमाञ्चक खेलमा भएका खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो । विराटनगर किंग्सको भने यो तेस्रो पराजय हो । कर्णालीले दिएको १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगर पुरै ओभर खेलेर ८ विकेट गुमाएर १२६ रनमा समेटियो । विराटनगरका […]

पाल प्रिमियर लिग (एनपीएल) को उद्‌घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई फ्रेन्चाइज टिम विराटनगर र जनकपुरबीचको खेल सवा १२ बजेदेखि सुरु हुनेछ । उक्त खेल हेर्न क्रिकेट मैदानमा दर्शकको ओइरो लागेको छ । खेल सवा १२ बजेदेखि सुरु हुने भए पनि बिहानैदेखि दर्शक क्रिकेट मैदान […]

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्ससँग भएको सम्झौतामा नेपालका कम्पनीहरूले आपत्ति जनाएका छन् । हालै क्यानले भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग एनपिएलका खेल प्रत्यक्ष प्रशारण हुने गरी सम्झौता गरेको थियो । स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर […]

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय […]

काठमाडौँ । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँग पाँच खेलको सिरिज खेल्ने भएको छ । एसीसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले घरेलु मैदानमा तयारी स्वरूप ओडि सिरिज खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) अनुसार नेपाल यू-१९ र कर्नाटक यू-१९ टोलीबीच यही नोभेम्बर १३ देखि २१ सम्म मूलपानी […]

सुर्खेत  । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति पनि घोषणा नहुनुले त्रास सिर्जना गराएको छ । क सुर्खेत आएका खेलकुदमन्त्री तेजुलाल चौधरीले केही महिना अघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफलमा […]

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रवार आफ्नो जर्सी सार्वजनिक गरेको छ। नक्शालमा शुक्रबार एक कार्यक्रम आयाजना गर्दै हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो टोलीको जर्सी सार्वजनिक गरेको हो। पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णालीका मार्की सोमपाल कामी, टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली स्वस्तिमा खड्काले जर्सी सार्वजनिक […]

काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। […]

१० कार्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीमा घोडाघोडी नगर कप क्रिकेट प्रतियोगिता–२०८१ सुरु भएको छ । ‘व्यक्तित्व विकास पारस्परिक सहयोग,राष्ट्र र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता सुरु भएको छ । वीरेन्द्र स्पोर्ट एकेडेमीका अध्यक्ष राजन मल्लको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । प्रतियोगिताको उद्घाटन गर्दे […]