१३ बैशाख २०८२, शनिबार
26-04-2025 , Sat
×

राजनीति

क्यान्टोनमेन्टमा भएको घोटालाबारे छानविनको गर्न माग गर्दै अख्तियारमा १३ जनाविरुद्ध उजुरी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध माओवादी लडाकू शिविर अर्थात् क्यान्टोनमेन्टमा भएको घोटालाबारे छानविनको गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल सफलले माओवादी अध्यक्ष ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन्। उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका […]

काठमाडौं । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको इजालसले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै […]

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले हिरासतमा गएपछि गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले इमेलमार्फत पत्र लेखेका छन्। सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार भएका राईकाे पत्र जनआस्था साप्ताहिक पत्रिकालाई प्राप्त भएकाे हाे। जनआस्थामा प्राप्त पत्रअनुसार राईले नेपाल आएर अनुसन्धानका लागि सघाउन र सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न […]

नेकपा (एमाले) र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराती ७ बुँदे सम्झौता गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाइ तीव्रता दिने विषय सार्वजनिक गरेको थियो । सुरुवाती दिनमा ती विषयमा ठूलो आवाज गरेको वर्तमान सरकारले गठनको झण्डै एक सय दिन पुग्न […]

पोखरा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आइतबार आफ्नै पार्टीका सदस्यलाई कुटपिट गरेका छन्, जसमा मादी गाउँपालिका संयोजक पदमराज पौडेल घाइते भएका छन्। पौडेलले आन्दोलनमा प्रहरीमाथि मिनरल पानीको बोतल फ्याँकेपछि साथीहरूले नै उनलाई ‘घुसपैठिया’ भन्दै निर्घात कुटपिट गरेको बताइएको छ। उनी अहिले घरमै आराम गरिरहेका छन्, जहाँ उनको ओठमा दुइटा टाँका लगाइएको र शरीरमा अन्यत्र […]

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) यतिबेला परिवारसहित बेलायतमा व्यक्तिगत भ्रमणमा व्यस्त छन् । यता धरानमा उनले कार्यवाहक मेयर तोकेको लिखित पत्र सोमबारदेखि बेवारिस बनेको छ । बेलायत भ्रमणमा जानुअघि उनले कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघाको साटो धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोके । उपमहानगरपालिकामा कानूनी सल्लाहकार हुँदाहुँदै परामर्श नै नगरी साम्पाङले […]

काठमाडौं, । विपक्षी दलका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । यसअघि दिउँसो ४ बजे सिंहदरबारमा गर्ने भनिएको भेटको समय र स्थानपनि सारिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा विपक्षी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय छ । प्रचण्ड जुम्लाबाट हिँडिसकेका छन् । […]

काठमाडौं। जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ ।महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । निषेधित क्षेत्रमा प्रदर्शन […]

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी एकताबद्ध भए ०६४ दोहोरिने बताएका छन् । ०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) झण्डै बहुमत सिटसहित पहिलो दल बनेको थियो । चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने […]