०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

राजनीति

महिला सम्मेलनमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा सहभागी हुन भण्डारी आइतबार सुर्खेत पुगेकी हुन्। सोमबार सुर्खेत सिटीमा हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारीले गर्ने कार्यतालिका रहेको छ। वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको […]

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका दैलेखका नेता तथा कार्यकर्ताहरू एमालेलेमा समायोजन भएका छन्। आइतबार जिल्ला कमिटी दैलेखले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा एमालेमा एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेता–कार्यकर्ता समायोजन भएका छन्। समायोजन हुनेमा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य पार्वती विशुन्के र बरुनाथ योगी रहेका छन्। दैलेखको दुल्लुमा भएको समायोजन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव […]

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे […]

सुर्खेत ।  नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य द्धय पार्वती विशुन्के र बरुनाथ योगी एमालेमा फर्किने भएका छन्। आइतबार (फागुन २०) गते दैलेखकाे दुल्लुमा हुने एक कार्यक्रमबीच केन्द्रीय सदस्यसहित अन्य नेता–कार्यकर्ता एमाले पार्टीमा फर्किने भएका हुन्। उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य विनोदकुमार शाहले पार्टीमा स्वागत गर्ने एमालेका […]

कतार : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले प्रवासमा रहेका ४०-५० लाख नेपालीहरु राष्ट्रको पुँजी र सम्पत्ति रहेको बताउँदै प्रवासी नेपालीकै कारण राष्ट्र चलेको बताएका छन् । नेपाली जनप्रगतीशील मञ्च कतारको छैटौं महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले नेपाल निर्माण गर्ने जनशक्ति नेपालबाट बाहिरिएको बताए । उनले महाधिवेशनमा सहभागी वक्ताहरूले दिएका सुझाव सरकारसमक्ष उठाउने प्रतिबद्धता […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरेका छन् । नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरेका हुन् बालेनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी समेत गरे । ‘भिडियोमा […]

काठमाडौँ । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांगेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका […]

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार (फागुन १८) गते बसेको बर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशनका लागि आह्वान […]

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको […]

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् ।