२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

समाचार

घुससहित पक्राउ परेका सीडीओ भ्रष्टाचारी ठहर

काठमाडौं– विशेष अदालत काठमाडौंले घुससहित पक्राउ परेका दोलखा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले रिजालसँग जोडिएका पाँच थान मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते उपसचिव […]

काठमाडौं । कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले […]

प्राविधिक समस्या नआएको खण्डमा कक्षा १२ को नतिजा आजै (मंगलबार) सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक हुने तयारी भएको हो । बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि तयारी सकिएको जनाकारी दिएका छन् । […]

नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए। त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको […]

बाढी थुप्रिएकाले पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनशान्ति माविका शिक्षक मनविर किसानले बताए। कागबेनीमा विद्युत् अवरुद्ध र खानेपानीको अभाव भएको छ। नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्यावियन पर्खाल बाढीले बगाएको छ। प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरवास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा […]

ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सीआईबीले जनाएको छ । सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताएका छन् । २०६९ मा ललितानिवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने […]

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ४०.१० करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनिल शर्मा निर्देशित फिल्म रिलिज अगाडि नै चर्चामा थियो । पहिलो सिक्वेल रिलिज भएको २२ वर्षपछि आएको ‘गदर २’ आफ्नो ब्रान्ड भ्यालु, सनी देओलको क्रेज, […]