काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा जानकारी गराउन आग्रह गरेको हो । प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक […]
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रतर्फ पुगेएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, केहीबेरअघि प्रधानमन्त्रीसहितको टोली हेलिकोप्टरमार्फत भूकम्प प्रभावित क्षेत्र पुगेकाछन । ‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा […]
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, केहीबेरअघि प्रधानमन्त्रीसहितको टोली हेलिकोप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको हो । ‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा […]
काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी […]
शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७१ पुगेकाे छ । रुकुम पश्चिम र जाजरकोटमा गरी ७१ जनाकाे मृत्यु भएकाे सरकारी अधिकारी र जनप्रतिनिधिहरूले बताएका छन् । रुकुम पश्चिमकाे आठविसकोट नगरपालिका वडा नम्बर ११ मा ६ जना, वडा नम्बर १२ मा ३ जना, वडा नम्बर १३ मा ७ […]
सुर्खेत : जाजरकोटमा गएरातिकाे भूकम्पबाट ३४ जनाको ज्यान गएको पुष्टि भएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिनुभएको हो । उहाँका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट अरु क्षतिको […]
सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त […]
नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।
काठ्माण्डौ : गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको मिठो आवाजमा सजिएको पुर्वेली लोक लयमा आधरीत लोक गीत मायाँको गाउँ सार्वजानिक भएको छ। गायक राईको शब्द तथा लय संगीतमा रहेको सो गीतमा पुनम चाम्लीङ्ग राई र मनिपाल राईको स्वर सुन्न सकिन्छ। जस्मा संगीत संयोजन भने राजु कार्कीको रहेको छ। अनामनगर स्थित किङ स्टुडियोमा […]
काठमाडौं – पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ । भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् । सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो […]