२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

समाचार

प्रधानमन्त्री कार्यालयको संरचना फेरबदल, अब ३ सचिव मात्रै रहने, ६८ दरबन्दी हटाउने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अब ३ जना मात्रै सचिव रहने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी हटाउने गरी नयाँ संगठन संरचना स्वीकृत गरेसँगै प्रधानमन्त्री कार्यालय छरिताे बनाउने बाटो खुलेको छ । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे ) अनुसार प्रधानमन्त्री कार्यालयको काटिएको दरबन्दीका कर्मचारीहरु अब […]

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् । हिजो बिहीवारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरूले केही मन्त्रीहरूले प्रचार मात्रै गरेको तर जनहितमा काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । आज शुक्रवार […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने जनाए । ‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा सीमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु,’ प्रधानमन्त्रीले […]

काठमाण्डाै – नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाण्डौबाट ल्हासा नियमित उडान शुरु गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गर्नुभयाे। उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा हवाई उडान महत्त्वपूर्ण हुने बताउनुभयो । सिधा उडानबाट पर्यटनसँगै निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको […]

केहिवेर अघि उनले सामाजिक संन्जाल फेसबुक माफर्त यसाे लेखेका हुन  ः जस्ताकाे तस्तै   अब कान्तिपुर मैले जवाफ दिइरहनु पर्ने हैसियतमा रहेन। तैपनि शुभचिन्तकहरुलाई भ्रम नपरोस् भनेर यति लेख्दै म सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिदै छु। सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम […]

काठमाडौँ । काठमाडौँको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको उद्धार गरिएको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । उनलाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले  बताए । अपहरणमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकाका अभिभावक […]

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका १८ वर्षीय किशोरसहित दुई जना बुधवार साँझ पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी दुई जनालाई पक्राउ गरेको हो। यस्तै कृष्णपुर नगरपालिका ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागूऔषधसहित सोही […]

धनुषा । मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् । निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको […]

दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा सङ्कटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् । गाउँघर एवं जङ्गल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउनुहुन्छ । उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, […]

(१० पुस, २०८०, सिंहदरबार) आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा यसबीच भएका कार्य […]