२८ पुष २०८१, आइतबार
12-01-2025 , Sun
×

समाचार

नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने

काठमाडौँ   :  जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङ पाएको हो । सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित […]

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान)सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदलीकै अवस्था रहनेछ। बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा […]

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार (फागुन १८) गते बसेको बर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशनका लागि आह्वान […]

काठमाडौं । विश्वकप छनोट अन्तर्गत बहराईनसँगको होम म्याच नेपालमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार विज्ञप्ति जारी गर्दै बहराईनसँगको होम म्याच नेपालमा नहुने भएको हो । दशरथ रंगशाला मैदानको खराब अवस्थाका कारण छनोट म्याच नेपालमा हुन नसक्ने एन्फाले जनाएको छ । गत हप्तामात्र एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि नेपाल आएर रंगशालाको […]

काठमाडौं । साउदी अरबमा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । फाइनल खेलमा जोर्डनलाई कडा चुनौती दिएको नेपालले पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको हो । खेलमा अग्रता नेपालले […]

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार उपाधिका लागि जोर्डनसँग खेल्दैछ । लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो । साउदी अरबको जेद्धामा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् । समूह चरण […]

काठमाण्डौ : चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पुन निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावका कारण निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको छ। यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । […]

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको […]

काठमाण्डौँः प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो। केही दिनअघि शर्मिला, पवनकी […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् । महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् बुधबार […]