२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

समाचार

चार प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, […]

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरूसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए । सरकारी स्रोत सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण […]

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार मुख्यमन्त्री कँडेलले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको छ। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको छ। त्यस्तै एक मत तटस्थ रहेको थियो। ४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन्। त्यस्तै कर्णालीमा कांग्रेसका […]

सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरी सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्। त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश […]

रौतहट । जिल्ला अदालत रौतहटले जिल्लाको राजपुरमा भएको बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । गत २०६४ चैत २७ गते संविधानसभा निर्वाचनका बेला आलमका काका शेष इद्रिसिको गोठमा विस्फोट भएको थियो । सोही विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए […]

काठमाडौं ।  सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी हिरासतमै रहने भएका छन् । त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । उनले […]

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ । आफ्नो फेसबुक आइडी ह्याक भएको कँडेलले बताएका छन् । ह्याक भएको आइडी नियन्त्रणमा लिन आइटी इन्जिनियरसँग समन्वय भइरहेको उनको भनाई छ । कँडेल पछिल्लो […]

काठमाडौं ।  धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको केन्द्रबिन्दु बनेको छ । स्टेनलेस स्टीलले बनेको प्रतीक्षालय धेरै सुन्दर देखिन्छ।   अहिले सामाजिक सञ्जालमा यो तीन तले प्रतिक्षा कक्षको चर्चा चलिरहेको छ । प्रतीक्षालयलाई कम्पाउण्डमा परिणत गरिएको छ ।  

काठमाडौं । धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च गर्ने भएका छन् । उनले ल्याउने नयाँ एपले युट्युबसँग उद्देश्यले नयाँ एप ल्याउन खोजेको अनुमान गरिएको छ । सो एपको नाम एक्स टीभी रहेको बताइएको छ । एक्स (पहिलेको ट्विटर) का सीईओ लिन्डाका अनुसार छिट्टै सो एप सार्वजनिक गरिँदै छ । उनले गत मंगलबार […]

नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक युवाले हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। काठमाडौँको कीर्तिपुर बस्ने […]