हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले केही स्थानमा मौसम परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका […]
दैलेख – अबको चार महिनाभित्र दैलेखका ८ ठाउँमा झोलुङ्गे पुल बन्ने भएका छन् । दैलेखको आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नं. ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक–एक वटा झोलुङ्गे बन्नेछन् । महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि झोलुङ्गे पुल बनाइँदैछ । भैरबी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको […]
आज देशभरका शिवालयमा महाशिवरात्रि पर्व धूमधामका साथ मनाइँदैछ। भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा श्रद्धाभक्तिपूर्वक मनाउँछन्। पशुपतिनाथ मन्दिरमा विशेष चार प्रहर पूजा आयोजना गरिएको छ, जसमा भक्तजनहरूको ठूलो भिड लागेको छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा भक्तजनहरूले उपवास बस्ने, जाग्राम गर्ने, र शिवजीलाई […]
सुर्खेतको वीरेन्द्रगर कर्णाली प्रदेशको राजधानी । र, वीरेन्द्रनगर नगरपालिका कर्णालीको एक मात्र सुगम पालिका । जसले उपहानगरपालिका बन्न तयारी थालेको छ । सडक, भवनलगायतका विभिन्न पूर्वाधार निर्माणमा भइरहेको प्रगति र बढ्दो जनसंख्याले वीरेन्द्रनगरलाई उपमहानगर बन्ने बाटोतर्फ उन्मुख गराएको छ । त्यति मात्र होइन शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सुधारका काम भइरहेका छन् । अहिले हरित पालिका […]
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ । झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी […]
नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन भएको छ । प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा आफ्नो बोल्ने पालो आउँदा अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आरतीले आक्रोश व्यक्त गरेकी थिइन् । […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् । सिन्धुपाल्चोकको सुकुटेमा मङ्गलबारको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाएपछि एमाले नेता तथा पूर्व कोशी प्रदेश सांसद बिमल कार्कीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीमाथि निलम्बन गर्ने निर्णय प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो । राजनीतिक गतिविधि र पार्टीको नीति विपरीत सामाजिक सञ्जालमा टिप्पणी […]
काठमाडौं, । आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ ।बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँछ । लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतवार र सोमवार […]