०१ बैशाख २०८२, सोमबार
14-04-2025 , Mon
×

समाचार

मलेसियाको मलाकामा आगामी जुन ७ र ८ मा सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुदै।

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो। स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको […]

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार […]

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्‍याली गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले आइतबार प्रधानमन्त्रीलाई भेटी औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओली मध्य पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जाने क्रममा प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन्। प्रदेशसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई विशेष सम्बोधनको अनुमति दिने व्यवस्था रहेको सचिव जीवनराज बुढाथोकीले […]

सुर्खेत । कर्णालीका १० जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ बनाउन लागेको छ । नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ बनाउन घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म भित्र यी संरचना निर्माण गर्ने भएको हो । वीरेन्द्रनगरको मुख्य क्षेत्र २०४५ सालमा निर्मित संरचनालाई पुनर्निर्माण गरेर ‘ग्रेटर घण्टाघर’ बनाउन लागिएको छ । ‘ग्रेटर […]

राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन। यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै २४ घण्टे स्प्रष्टीकरण सोधेका थिए । सो प्रष्टीकरणको जवाफ दिँदै घिसिङले विभागीय मन्त्री र मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने जवाफ पेश गरेका छन् […]

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले केही स्थानमा मौसम परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका […]

दैलेख – अबको चार महिनाभित्र दैलेखका ८ ठाउँमा झोलुङ्गे पुल बन्ने भएका छन् । दैलेखको आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नं. ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक–एक वटा झोलुङ्गे बन्नेछन् । महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि झोलुङ्गे पुल बनाइँदैछ । भैरबी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको […]

आज देशभरका शिवालयमा महाशिवरात्रि पर्व धूमधामका साथ मनाइँदैछ। भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा श्रद्धाभक्तिपूर्वक मनाउँछन्। पशुपतिनाथ मन्दिरमा विशेष चार प्रहर पूजा आयोजना गरिएको छ, जसमा भक्तजनहरूको ठूलो भिड लागेको छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा भक्तजनहरूले उपवास बस्ने, जाग्राम गर्ने, र शिवजीलाई […]